‘एमजी एस-फाइभ’मा ३ लाख ५० हजारसम्म छुट, कुनको मूल्य कति ? - kendrabindu.com
काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले मोडल एस-फाइभमा ३ लाख ५० हजारसम्मको छुट दिएको छ । नाइमा मोविलिटी एक्स्पो र आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर छुट घोषणा गरेको हो । कम्पनीले ल्याएको स्कीम भेरियन्ट अनुसार फरक-फरक छ । एस-फाइभको इन्ट्री भेरियन्ट कम्फर्टमा नगद १ लाख रुपैयाँ छुटसहित ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि यो भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेका थियो । कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री छ । यसमा नगद छुटसँगै एक वर्षको बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ । लग्जरी भेरियन्टमा २ लाख ५० हजार नगद छुट दिने भएको छ । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोमा छुटपछि ४७ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ । यसमा पनि कम्पनीले एक वर्षको बीमा र निःशुल्क ७ किलोवाटको एसी चार्जर दिने भएको छ । ठूलो ६४ किलोवाट आवरको ब्याट्री भएको डिलक्स भेरियन्टको मूल्य २ लाख ५० हजार रुपैयाँ छुट घोषणा भएको छ । यसअघि ५४ लाख ९९ हजार रुपैयाँ रहेको छगाडी अब ५२ लाख ४९ हजार रुपैयाँमा पाइने भएको छ । पुरानो गाडी एक्सचेन्ज गरेर एमजी एस-फाइभ डिलक्स खरिद गर्नेले एक्सचेन्ज बोनस १ लाख रुपैयाँ पाउन सक्नेछन् । ठूलो ब्याट्री भएको एस-फाइभ किन्नेले ३ लाख ५० बराबरको नगद छुट र एक वर्षको बीमा र ७ किलोवाटको एसी चार्जर पाउँछन् । एमजी एस-५ को इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ । नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस–५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ ।