Redirecting...

हर्क साम्पाङले गरे सुनसरी–१ बाट निर्वाचन लड्ने घोषणा - ehimalayatimes.com

हर्क साम्पाङले गरे सुनसरी–१ बाट निर्वाचन लड्ने घोषणा - ehimalayatimes.com
Source: hmlt

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले सो क्षेत्रबाटै चुनाव लड्ने स्पष्ट पार्नुभएको हो। साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु । जय माटो ! जय देश ।” उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। निर्दलीय उम्मेदवारका रूपमा मेयर बनेपछि उहाँले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गर्नुभएको हो। यसअघि सुनसरी–१ बाट अशोक राई निर्वाचित हुनुभएको थियो। उहाँ नेकपा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य बन्नुभएकाे थियाे । साम्पाङको उम्मेदवारी घोषणासँगै सुनसरी–१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। यसैक्रममा साम्पाङले सामाजिक सञ्जालमै लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै कडा टिप्पणी पनि गर्नुभएको छ। उहाँले रवि लामिछाने विजयी भए प्रतिशोधमा मात्र केन्द्रित हुने दाबी गर्दै वर्तमान सरकारलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था ल्याएर देखाउन चुनौती दिनुभएको छ। साथै उहाँले विदेशी दलाल, सहकारी ठग र भ्रष्टाचारीप्रति कडा शब्द प्रयोग गर्दै आलोचना गर्नुभएको छ।