Redirecting...

कला–निबन्धः नेपाली कलाका कुशल कलाकर्मी हरेराम जोजु - sahityapost.com

कला–निबन्धः नेपाली कलाका कुशल कलाकर्मी हरेराम जोजु - sahityapost.com
Source: shpt

हरेराम जोजिजुको पहिचान पूर्वीयशैलीप्रति समर्पित चित्रकारका रूपमा रहिआएको छ । यही शैलीमा आधारित आफ्ना कामहरूको एकल कलाप्रदर्शनी समेत आयोजना गरिसक्नुभएको छ । पोखरेली यी कलाकर्मीले काठमाडौँलाई नै सिर्जनाको थलो बनाउँदै आइरहनुभएको थियो । तर केही वर्षदेखि जन्मथलोमै फर्किएर नेपाली कलामा अनेक प्रयागधर्मी कलाकर्म गरिरहनुभएको छ । नेपाली कलाका कुशल यी कलार्कीसँग पोखरा, रानीपौवामा भेटिँदा खुशी र नयाँ कामको जानकारी लिएर म फर्किएँ । आज उहाँको विषयमा केही जानकारी दिने कोसिस गर्दैछु । हरेराम जोजिजू उहाँको जन्म २०१९ सालमा पोखराको रानीपौवामा भएको हो । उहाँका बुबाआमा गणेशलाल जोजिजु र सोमलक्ष्मी जोजिजु हुनुहुन्छ । कलाकार जोजुका अनुसार ललितकलाका क्षेत्रमा आज विविध शैली र पद्धतिमा अनेकौँ प्रयोगहरू भइरहेका छन् । फलतः कलाका विविध स्वरूपहरू अभ्युदय भइरहेका छन् । कलामा भएका ती प्रयोगबारे हामीकहाँ खासै कुनै चर्चा परिचर्चा हुने नगरेकोमा उहाँ दुःख व्यक्त गर्नुहुन्छ । आफूले ललितकलाका क्षेत्रमा नेपाली पहिचानलाई प्रतिनिधित्व गर्ने शैलीमा काम गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको भनाइमा यसलाई ‘पूर्वीयशैली’ भन्न सकिन्छ । उहाँका अनुसार नेपाललगायत चीन, कोरिया, मङ्गोलिया, जापान आदि मुलुकका बासिन्दाहरूको उद्गम जात एउटै मानिन्छ । यी क्षेत्रमा निकै अगाडिदेखि पूर्वीयशैलीका चित्रहरू बन्दै आएका छन् । तिनमा प्राकृतिक सुन्दरताको बाहुल्य रहेको हुन्छ । सङ्ख्यात्मक रूपमा यस शैलीमा चीनले धेरै काम गरेको छ । मौलिकतालाई स्थापित गर्ने सन्दर्भमा जापान र कोरियाले राम्रो प्रगति हासिल गरेका छन् । यस शैलीलाई व्याख्या गर्ने व्रmममा कलाकार जोजु भन्नुहुन्छ– ‘पूर्वीयशैली दुई किसिमका छन्– प्राकृतिक र आध्यात्मिक । यिनका आफ्नै मौलिकता छन् । पूर्वीयशैलीमा काम गर्न निवैm चुनौतीपूर्ण हुन्छ । अति सूक्ष्म रूपले काम गर्नुपर्ने हुन्छ । चित्रमा एवैm किसिमको रङद्वारा कलासिर्जना गरिन्छ ।’ ‘यसमा यथार्थपरक कुरा तथा कल्पनाशील आकृतिहरूलाई संयोजन गरिएको हुन्छ । वास्तवमा प्रकृतिलाई अद्भूत रूपमा प्रस्तुत गरिने शैली हो यो । यस शैलीले दर्शकलाई रोमाञ्चित पार्ने क्षमता राख्ने पनि उहाँ जानकारी दिनुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ– ‘पाश्चात्य र पूर्वीय प्रभावलाई सम्मिश्रण गरी रचना गरिएको चित्रले निश्चय नै बेग्लै किसिमको प्रभाव र मज्जा दिन्छ । मेरो विचारमा युरोपीय शैलीलाई पछ्याएर पनि हामी त्यसमा हाम्रा विषयवस्तु र चिन्तनलाई प्रस्तुत गर्न सक्छौँ ।’ हरेराम जोजिजूका चित्रहरू दृश्यचित्रका दक्ष शिल्पी हरेराम जोजु प्राकृतिक दृश्यलाई आफ्ना क्यानभासमा उतार्नुहुन्छ । उहाँले देशका सुगमदेखि दुर्गम स्थानसम्म पुगेर कलासिर्जना गर्नुभएको छ । उहाँ कलाकारहरूको पहिलो गुरु ‘प्रकृति’ नै हो भन्ने धारणा राख्नुहुन्छ । कलाकार जोजुका पछिल्ला चित्ररचनाहरूमा पहाडी परिवेश तथा नदीकिनारका दृश्यमा निकै चित्ताकर्षक र अनौठा भूदृश्यहरू देखिन्छन् । कलाकार हरेराम जोजुका कलामा काठमाडौँ उपत्यकाको बदलिँदो स्वरूप पनि दृष्टिगोचर हुन्छ । पवित्र वागमती नदीमा आएको परिवर्तन, हरियालीका ठाउँमा कङ्क्रिट जङ्गल आदिबाट उहाँको कला प्रभावित रहेको पाइन्छ । दृश्यचित्र भन्नाले सामान्यतया घर, हिमाल, पहाडका चित्र भन्ने अर्थमा बुझ्ने गरिन्छ । यसप्रति हरेराम असहमति जनाउँनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘प्रकृतिका कुनै पनि स्वरूपलाई चित्रण गर्नु पनि दृश्यचित्र हो । ढुङ्गा, पहरा, खोल्सा आदिलाई अङ्कन गरेर पनि सुन्दर रचना बनाउन सकिन्छ । एक सक्षम कलाकारले कुनै पनि ठाउँको विषयवस्तुलाई सुन्दर रूपमा उतार्न सक्छ । उसले कुनै भत्केका बिग्रेका स्वरूपलाई पनि कलात्मक रूप दिई चित्रमा उतार्न सक्छ ।’ दृश्यचित्रलाई कला नै नठान्ने अथवा दृश्यचित्रलाई सिर्जनात्मक कलाकर्म नै नमान्नेहरूसँग उहाँ प्रश्न गर्नुहुन्छ– ‘आधुनिक र अमूर्तकलाको जग नै दृश्यचित्र हो । दृश्यचित्र रचनामै पारङ्गत नभई कसरी अगाडि बढ्न सकिन्छ ? वास्तवमा सिर्जनशील कलाकारको प्रारम्भिक चरण दृश्यचित्रबाटै हुन्छ ।’ यसरी नेपाली कलामा हरेराम जोजुको नाम स्मरणीय रूपमा आउँछ । उहाँले धेरै किसिमका शैली, प्रविधि, माध्यममा कलाकर्म गरिसक्नुभएको छ । केही वर्षदेखि नेपाली कला इतिहासमा न्यूरो आर्ट (ल्भगचय ब्चत) को अवधारणालाई आत्मसात् गर्दै कलारचना गर्दै आइरहनुभएको छ । निबन्धबार ज्ञानेन्द्र विवशसँग चित्रकार हरेराम जोजिजू यस कलाको उत्पत्ति र विकासको बारेमा विस्तृत जानकारी दिँदै उहाँ भन्नुहुन्छ– ‘न्यूरो आर्ट एक आधुनिक कला शैली हो । यसले मानव मस्तिष्क, न्यूरोसाइन्स, मनोविज्ञान, र चेतनाको अध्ययनलाई कलात्मक रूपमा प्रस्तुत गर्छ । यसले मस्तिष्कको संरचना, न्यूरोनहरू, मानिसको विचार प्रक्रिया, भावना र मानसिक अवस्थालाई विभिन्न माध्यमहरू (डिजिटल आर्ट, पेन्टिङ, स्कल्पचर, इन्स्टलेशन आर्ट) मा देखाउँछ ।’ कलाकार हरिराम जोजिजुले अहिलेसम्म १७ वटा एकल चित्रकला प्रदर्शनी साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ४० भन्दा बढी सामूहिक कलाप्रदर्शनीहरूमा भाग लिनुभएको छ । आफ्नो कलायात्रा र प्रेरणाका सन्दर्भमा उहाँ आफूलाई सधैँ प्रकृतिको सौन्दर्यले अत्यन्त प्रभावित गरिरहने बताउनुहुन्छ । आफूले विभिन्न चित्रकला शैलीमार्फत आफ्नो हृदयको आवाज व्यक्त गर्दै आइरहेको जानकारी पनि उहाँ दिनुहुन्छ । जोजु भन्नुहुन्छ– ‘म गन्तव्यविहीन यात्रामा छु, जहाँ मलाई प्रेरणा दिने र आकर्षित गर्ने केही नयाँ कुराको खोजीमा छु । यदि मैले मेरा कलाकृतिहरूमार्फत् मानिसहरूलाई मानसिक शान्तिको सन्देश दिन सकेँ भने म आफूलाई धन्य मान्छु ।’ कलाकार जोजुका अनुसार नेपालमा ‘अल्कोहल इङ्क आर्ट’ र ‘न्यूरो आर्ट’ को क्षेत्रलाई अगाडि बढाउन उहाँ निरन्तर सक्रिय रहनुभएको छ । उहाँलाई विश्वास छ यो यस्तो माध्यम हो जुन सिक्न सजिलो छ र जो कोहीलाई पनि सुलभ छ, कलाकार नभएकाहरूलाई पनि । यसका साथै, यो कला थेरापी (ब्चत त्जभचबउथ) को रूपमा विशेषगरी उपयोगी हुन सक्ने विश्वास पनि उहाँ व्यक्त गर्नुहुन्छ । जोजुका अनुसार ‘यसले समग्र नेपाली कलाक्षेत्रको विकासमा मद्दत पु¥याएको छ, जुन अन्ततः हामी सबैका लागि लाभदायक छ ।’ न्यूरो आर्टको ऐतिहासिक विकासको प्रारम्भिक प्रभाव (१९५०–१९८०) भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार न्यूरो आर्टको आधार साइकेडेलिक आर्ट, सररियलिज्मजस्ता शैलीहरूमा देखिन्छ । जोजु भन्नुहुन्छ– ‘मानव मस्तिष्कको रहस्यमय संरचना, सपनाहरू र अवचेतन मनलाई कलाकारहरूले आफ्नो कलामा उतार्न थालेपछि यसलाई हेर्ने दर्शकहरूसमेत प्रभावित हुन थाले क्रमशः त्यसपछि यो कलाको लोकप्रियता बढ्दै गयो ।’ वैज्ञानिक प्रगतिसँगको सम्बन्धका विषयमा उहाँ यसरी जानकारी दिनुहुन्छ– ‘एमआरआई र ब्रेन इमेजिङ प्रविधिको विकासले कलाकारहरूलाई मस्तिष्कको भित्री संरचना देख्न र चित्रण गर्न सजिलो भयो । डिजिटल आर्टको उदयले न्यूरो आर्टलाई अझै बढी विस्तार दियो ।’ २०औँ शताब्दीदेखि अहिलेसम्म कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मिडियाको प्रयोगले ‘न्यूरो आर्ट’ लाई नयाँ आयाम दिएको दाबी उहाँ गर्नुहुन्छ । अहिले न्यूरो आर्टले विज्ञान, दर्शन र टेक्नोलोजीलाई एकैछिनमा जोड्दै आएको कलाकार हरेराम जोजु बताउनुहुन्छ । हरेराम जोजिजू न्यूरो आर्टका प्रमुख विशेषताहरू के हुन् ? कलाकार जोजु भन्नुहुन्छ– ‘मस्तिष्कको न्युरल नेटवर्क, सिन्याप्स र केमिकल प्रक्रियाहरूको चित्रण । मानिसको मनोभावनालाई अमूर्त रूपमा प्रस्तुत गर्ने । डिजिटल टूल्स (जस्तै मोडेलिङ, जनरेटेड आर्ट) को प्रयोग आदि ।’ नेपालमा न्यूरो आर्टको स्थिति के कस्तो छ भन्ने जिज्ञासामा उहाँ ‘नेपालमा यो कला शैली अहिले उदय चरणमा छ’ भन्नुहुन्छ । केही युवा डिजिटल कलाकारहरूले न्यूरोसाइन्स र आर्टलाई जोड्ने प्रयास गरिरहेको पनि उहाँ जानकारी दिनुहुन्छ । भविष्यमा न्यूरो आर्टले ठूलो रूपान्तरण गर्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । त्यसपछि मानिसले आफ्नो मस्तिष्कको क्रियाकलापलाई कलात्मक रूपमा अनुभव गर्न सक्ने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ । कलाकार जोजु भन्नुहुन्छ– ‘न्यूरो आर्टले विज्ञान र कलाको अद्भुत मिश्रण गरेर मानव चेतनालाई नयाँ तरिकाले व्याख्या गर्छ । नेपालमा यसको प्रयोग अझै सीमित भए पनि, टेक्नोलोजीको प्रगतिसँगै यसले लोकप्रियता हासिल गर्न सक्ने उहाँको विश्वास छ । कला र विज्ञानको यो अनौठो संयोगले भविष्यमा धेरै नयाँ सम्भावनाहरू खोल्ने छ ।’ The post कला–निबन्धः नेपाली कलाका कुशल कलाकर्मी हरेराम जोजु appeared first on साहित्यपोस्ट.