लुम्बिनीविरुद्ध सुदूरपश्चिमको कमजोर सुरुवात, सस्तैमा गुमायो दुई विकेट - farakdhar.com
Source: FRDH
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुवात गरेको छ । त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पहिलो विकेट सस्तैमा गुमायो । सुदूरपश्चिमले पहिलो विकेटको रूपमा विनोद भण्डारीलाई शून्यमै गुमाएको हो । उनलाई पहिलो ओभरको अन्तिम बलमा रुबेन ट्रम्पलम्यानले क्याच आउट गराए । उनले नै २.३ ओभरमा सेल्डन ज्याक्सनलाई एक रनमा एल्डीडब्लू धरापमा पारे । लुम्बिनी र सुदूरपश्चिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भइरहेको हो । ...