नदेखिने चिनी: तपाईँले कति खाइरहनुभएको छ? - www.bbc.com
BBC, Getty Images सबैजनाले आफ्नो शरीरमा कति चिनी खपत भइरहेको छ भनेर थाहा पाउन महत्त्वपूर्ण छ। तपाईँले आफूले महसुस गरेभन्दा धेरै खाइरहनुभएको हुनसक्छ - र धेरै चिनी खपत गर्दा टाइप टु डाइबिटिज, मुटुरोग र क्यान्सर हुने जोखिम उच्च रहन्छ।विगत केही दशकमा संसारभरि नै आहार धेरै परिवर्तन भएको छ र यो सँगै मोटोपना र मधुमेहको समस्या पनि तीव्र रूपमा वृद्धि भएको छ। द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित तथ्याङ्क अनुसार सन् २०५० सम्ममा वयस्कमध्ये आधाभन्दा धेरै र एक तिहाइ बालबालिका, किशोरावस्थाका र नवयुवाहरूमा बढी वजन वा मोटोपना देखिनेछ।धेरै देशका स्वास्थ्य प्रणालीहरू यो सँग जुझ्न सङ्घर्ष गरिरहेका छन्। सन् २०५० सम्म नेपालका वयस्कमध्ये ५२ प्रतिशतभन्दा बढी पुरुष र ४७ प्रतिशतभन्दा बढी महिलामा मोटोपनको समस्या देखिने अध्ययनले औँल्याएको छ। मोटोपनाको नयाँ परिभाषा दिनुपर्नेमा अन्तर्राष्ट्रिय अध्ययनको जोडसन् २०५० सम्म विश्वका 'आधा वयस्कमा मोटोपन हुने, नेपालको अवस्था पनि उस्तै' हाम्रो वजन ठिक राख्न हामीले सामना गर्ने एउटा महत्त्वपूर्ण चुनौती भनेको हामीले खाने खानेकुरामा नदेखिने चिनीको मात्रा धेरै हुन्छ।चाहे त्यो दहीमा होस् वा पाउरोटी वा सलादमा राखिने ड्रेसिङदेखि केचअप र स्मुदीहरूमा नै किन नहोस्। फ्री सुगर भनेको के हो?गुलिया दही, ग्रनोला र फलफूलको जुस सुन्दा स्वस्थकर बिहानी खाजाजस्तो लाग्छ। तर तपाईँले कुन चाहिँ छान्नुभएको हो भन्नेमा भर पर्छ। विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले दिनभरिका लागि सुझाएको भन्दा बढी चिनी तपाईँलेमध्ये कैयौँले बिहानै खपत गरिसक्नुभएको पनि हुन सक्छ। यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार प्रति दिन वयस्कहरूले ३० ग्रामभन्दा धेरै चिनी खानुहुँदैन।खानेकुरा वा पेय पदार्थमा प्रशोधनका बेला प्रयोग गरिएको "फ्री सुगर" देखि प्राकृतिक रूपमा मह, सिरपलगायतमा हुनेसम्म सबै चिनीलाई त्यसमा समावेश गर्नुपर्छ। त्यो फलफूलका जुसमा पनि हुने गर्छ।खानेकुरामा चिनी कसरी रहेको छ भन्नेमा तपाईँको शरीरले कसरी चिनी प्रशोधन गर्छ भन्ने कुरा भर पर्छ। उदाहरणका लागि जब तपाईँ पूरै फलफूल वा तरकारी खानुहुन्छ भने त्यसमा भएको फाइबरले तपाईँको पाचनलाई सुस्त बनाउँछ र त्यसले चिनीको मात्रा रगतमा उच्च बन्नबाट जोगाउँछ।यद्यपि, यदि तपाईँले मिसाइएको चिनी वा फ्री सुगर खानुहुन्छ भने त्यो तपाईँको रगतमा छिट्टै प्रवेश गर्छ - र धेरै मात्रामा जान्छ - त्यसले तपाईँको रगतमा चिनीको मात्रा ह्वात्तै बढाइदिन्छ। फलफूल वा तरकारीको जुस पिउँदा पनि त्यस्तै हुन्छ किनभने जुस बनाउँदा फलफूल र तरकारीमा भएका लाभदायी फाइबर त्यसबाट निकालिन्छ। खुसीको मौकामा गुलियो खान मन होला तपाईँलाई, तर चिनीले खोस्न सक्छ खुसीमोटोपनः के क्यालोरी गनेर खाना खानु घातक हुनसक्छ? समयसँगै जब यसरी रगतमा चिनीको मात्रा ह्वात्तै बढ्ने क्रम भइरहन्छ अर्को समस्या के देखिन्छ भने होर्मोन इन्सुलिनमा कोशिकाहरूले कम प्रतिक्रिया जनाउन थाल्छन्।प्रशोधित खानेकुराको वृद्धिका कारण पनि अघिल्लो पुस्ताको तुलनामा हाम्रो आहारमा चिनीको धेरै हिस्सा बढेको हो।तपाईँले चिनी वा नुन नहोला भन्ने ठानेका मासु र माछामा पनि स्वादिलो बनाउन वा लामो समयसम्म टिकाउन चिनी वा नुन राखिएको हुन्छ। अति प्रशोधित खानेकुरामा त चिनीको मात्रा अझ धेरै हुन्छ। यस्ता प्रकारका खानाहरू उद्योगमा प्रशोधित गरिएका हुन्छन् र त्यसमा थुप्रै जटिलखाले सामग्रीहरू राखिएका हुन्छन्।यदि कुनै उत्पादनमा पाँचभन्दा बढी सामग्रीहरू राखिएका छन् भने ती खानेकुरा अतिप्रशोधित भएको हुनसक्ने सम्भावना उच्च हुन्छ। सामग्रीमा के के राखिएका छन् भनेर पनि आँखा लगाउन सकिन्छ जस्तै हाइ-फ्रुक्टोज कर्न सिरप, फ्रुटजुस कन्सन्ट्रेट, मह सबै चिनीकै वैकल्पिक नाम हुन्। त्यसैले मिल्कशेक वा पास्ता ससमा तपाईँले दिनभरि खान मिल्ने भन्दा बढी चिनीको मात्रा हुन सक्छ।विश्वको सबैभन्दा चिनी भएको मनपर्ने खानेकुरा Getty Images ३३० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिङ्कमा ९ चम्चासम्म चिनी हुनसक्ने डब्ल्यूएचओले बताएको छ विश्वव्यापी रूपमा चिनी हाम्रो स्वास्थ्यका लागि खराब भन्ने जनचेतना बढेको भए पनि हामीले दैनिक विगतमा कहिल्यै नखाएको मात्रामा चिनी खाइरहेका छौँ।विश्वव्यापी स्वास्थ्य निकायहरूले प्रतिव्यक्ति धेरै चिनी खाने देशमा अमेरिका रहेको बताएको छ तर भारत, चीन, पाकिस्तान र इन्डोनेशियामा पनि खपत गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ।यदि विश्वव्यापी रूपमा मोटोपनाको प्रवृत्तिले निरन्तरता पाउने हो भने सन् २०५० सम्ममा मोटोपना वा अतिवजन हुने महिलाको सङ्ख्या ६०.३ प्रतिशत र पुरुषको ५७.४ प्रतिशतले वृद्धि हुने द ल्यान्सेटमा प्रकाशित तथ्याङ्कले देखाउँछ। उक्त तथ्याङ्कमा २०० भन्दा बढी देश समेटिएका थिए।२५ वर्षमा चीन, भारत र अमेरिकामा मोटोपना र अति वजन हुने जनसङ्ख्या ६२ करोड ७० लाख, ४५ करोड र २१ करोड ४० लाख पुग्ने अनुमान गरिएको छ। यसले ती देशहरूको राष्ट्रिय स्वास्थ्य प्रणालीहरूमा उल्लेख्य दबाव पार्ने छ। सामाजिक सञ्जालमा देखिने ‘डाइटिङ प्लान’: कति सही कति हानिकारक?रगतमा ग्लूकोजको मात्रा ह्वात्तै बढ्न नदिएर शरीरको तौल घटाउने उपायको प्रभावकारिता सब साहारा अफ्रिकामा पनि अतिवजन हुने वा मोटोपना हुने मानिसको सङ्ख्या २५० प्रतिशतले बढाएर ५२ करोड २० लाख पुग्ने छ। खासगरी नाइजेरियामा अतिवजन र मोटोपना हुने मानिसको सङ्ख्या सबैभन्दा धेरै हुने र तेबरले बढ्ने अनुमान गरिएको छ। तर हामीले यो सङ्कटबाट नियन्त्रण पाउन र आफ्नो भविष्यको स्वास्थ्य राम्रो बनाउन गर्न सकिने कुराहरू छन्।सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा उदाहरणका लागि ६३ प्रतिशत वयस्कहरूले दैनिक रूपमा गुलियो पेय पदार्थ पिउने गरेका छन्। यी पेय पदार्थ, मिठाइ, अतिप्रशोधित खानेकुरा नखाँदा त्यसले स्वास्थ्यमा ठूलो सुधार ल्याउँछ।विश्व स्वास्थ्य सङ्गठनले एडेड सुगर दैनिक खपत गर्ने क्यालोरीको १० प्रतिशतभन्दा कम गर्न वा अधिकतम स्वास्थ्यका लागि पाँच प्रतिशतभन्दा कम गर्न सुझाएको छ। त्यो भनेको दैनिक करिब ६ चम्चा चिनी हो जसमा सबैप्रकारका चिनी मिसिएका खानेकुराहरू पर्छन्। डब्ल्यूएचओले चाहिनेभन्दा वजन धेरै छ कि छैन भनेर पनि आफ्नो बडी इन्डेक्स मासमा ध्यान दिन सुझाएको छ।बीएमआई मोटोपनाको यकिन मापक हो?तपाईँको बीएमआई कस्तो छ भनेर संसारभरि नै चिकित्सकहरूले हेर्छन् किनभने यो तपाईँको वजन र उचाइका आधारमा गरिने तुलनात्मक रूपमा सजिलो हिसाब हो।तर यो नै उत्तम होइन र त्यसका सीमितताहरू छन्।यसले कुनै पनि मानिस आफ्नो उचाइको दाँजोमा वजन बढी छ कि छैन भनेर हिसाब गर्छ तर त्यो बोसोकै कारणले हो कि होइन भनेर थाहा हुँदैन। तपाईँको बीएमआईले बोसो कतै धेरै जम्मा भएको छ कि छैन भन्ने फरक किसिमको शरीरमा पनि फरक हुने ख्याल गर्दैन। यसले उमेर, शारीरिक गतिविधि र महिला वा पुरुष पनि हेर्दैन।युकेमा रहेका अश्वेत, एशियाली र अन्य अल्पसङ्ख्यक पृष्ठभूमिका मानिसहरू जसको कम बीएमआई छ उनीहरूमा मुटुरोग वा टाइप टू मधुमेहजस्ता दीर्घरोगको उच्च जोखिममा रहेको पाइएको छ। त्यसैले गएको ज्यानुअरीमा यूकेको न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर एक्सिलेन्स (एनआईसीई) ले नयाँ निर्देशिका प्रकाशित गरेको छ।यो समूहलाई बीएमआईको हुनुपर्ने अङ्क कम पारिएको छ जसको अर्थ अतिवजन हुने सम्भावित खतरा प्रारम्भिक चरणमै सम्बोधन गर्न सकियोस्।एनआईसीईको निर्देशिकाले शरीरको वजनले शरीरको बोसो र मांसपेशी जातीय समूह अनुसार फरक पर्ने उल्लेख गरेको छ।तथ्याङ्क सङ्कलन र अनुसन्धान: डमिलला ओजेटूनडे, श्वाती जोशी, कार्ला रोश, मर्याम निकन, ओनुर इरेम, क्यारोलिन सूजा, कार्लोस सेरानो, अघ्नीआ अड्ज्किया, अमिरा म्हद्बी र ब्रायन ओस्वेटाप्रोड्युसर: एन्जिला हेन्सल र लियोनी रोबर्टसनसम्पादन: अलेक्सान्डर फौच र भिक्टोरिया लिन्डेराडिजाइन र ग्राफिक्स: रइस हुसेन र मर्यम निकनडिभिलप्मेन्ट: म्याथ्यू टेलरप्रोजेक्ट लिड: प्रिन्सेस इरेडे अबूमियरसिनिअर न्यूज एडिटर: केट फोर्ब्स बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।