Redirecting...

सूर्य थापाको ठोकुवा- भोलिको सूर्योदयसँगै केपी ओलीको पुरै प्यानलले जित्छ - nagariknews.nagariknetwork.com

सूर्य थापाको ठोकुवा- भोलिको सूर्योदयसँगै केपी ओलीको पुरै प्यानलले जित्छ - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले नै बाजी मार्ने ठोकुवा गरेका छन्।मंगलबार मतदान सुरु हुनुअघि भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता थापाले यस्तो दाबी गरेका हुन्।मतदान प्रक्रिया सुरु हुने तयारीमा रहेको जानकारी दिँदै थापाले भने, ‘भोलि सूर्योदयसँगै केपी शर्मा ओलीको नेतृत्वमा एमालेको नयाँ सशक्त र सक्षम टिम निर्वाचित हुनेछ।’एमालेमा नेतृत्व हस्तान्तरण र रूपान्तरण नभएको भन्ने आलोचनाको जवाफ दिँदै थापाले पार्टी क्रमिक रूपान्तरणको प्रक्रियामा रहेको जिकिर गरे।‘एमाले ओभरनाइट रोम बनेजस्तो होइन। मनमोहन अधिकारीदेखि रूपान्तरण हुँदै हुँदै केपी ओलीको तहसम्म आइपुगेको हो,’ उनले भने, ‘भविष्यमा पनि नयाँ अध्यक्षहरू बनाउँदै यो पार्टी अगाडि बढ्छ। पुस्तान्तरण र रूपान्तरण हुन्छ।’नेता थापाले आफूले समग्र प्रतिनिधिको मनोविज्ञान बुझेर ओली प्यानलको जित सुनिश्चित भएको दाबी गरेको बताए। ‘मैले हावामा कुरा गरेको होइन, समग्र प्रतिनिधिहरूसँगको भेटघाट र माहोलका आधारमा भनेको हुँ,’ उनले दोहोर्याए, ‘केपी ओलीको नेतृत्वको सिंगो प्यानलले नै बाजी मार्छ, यसमा कुनै कन्फ्युजन छैन।’