काठमाडौंले पहिला ब्याटिङ गर्ने - www.hamrokhelkud.com
Source: hkhe
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेल काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। पोखराले टस जितेर फिल्डिङ रोजेको छ। काठमाडौंले पहिला ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेल जितेमा प्ले अफ पक्का हुनेछ। अर्कोतर्फ पोखराले प्ले अफ सम्भावनालाई थप मजबुत बनाउन जित्नै पर्ने हुन्छ। काठमाडौंको यो सातौं र पोखराको छैंटौं खेल हो। काठमाडौंले जेरार्ड इरासमसको ठाँउमा सन्नी पटेललाई प्लेइङ ११ मा राखेको छ। पोखराले अघिल्लो खेलको टोलीलाई निरन्तरता दिएको छ। काठमाडौंले ६ खेलमा ४ जित र २ मा हार बेहोरेको छ।२ जित र ३ हारका साथ ४ अंक जोडेको पोखरा पाँचौं स्थानमा छ। The post काठमाडौंले पहिला ब्याटिङ गर्ने first appeared on हाम्रो खेलकुद.