Redirecting...

गगन थापा र विश्वप्रकाशर्मासहितका नेताहरुलाई कार्वाहिको डण्डा लगाउने तयारीमा काँग्रेस संस्थापन - kendrabindu.com

गगन थापा र विश्वप्रकाशर्मासहितका नेताहरुलाई कार्वाहिको डण्डा लगाउने तयारीमा काँग्रेस संस्थापन - kendrabindu.com
Source: kend

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा संस्थापन समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित महाधिवेशन पक्षधर नेताहरूलाई कारबाही गर्ने तयारी थालेको छ । संस्थापन समूहका एक नेताका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउँदै मनोनयनको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भएपछि कारबाहीबाहेक अर्को विकल्प नरहेको निष्कर्षमा संस्थापन पुगेको हो। गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेलगत्तै कारबाहीसम्बन्धी पत्र पठाउने तयारी भइरहेको ती नेताले बताएका छन्। विशेष महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्रको शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको संकेत देखिएको ।