Redirecting...

सामाजिक सञ्जालमा चुनाव जिताउने ‘प्याकेज’ - ekantipur.com

सामाजिक सञ्जालमा चुनाव जिताउने ‘प्याकेज’ - ekantipur.com
Source: kant

प्रतिनिधिसभा निर्वाचन हुन एक महिना एक साता मात्र बाँकी छँदा इन्टरनेट र सामाजिक सञ्जाल प्लाटफर्महरू राजनीतिक भाषण वा ‘अपडेट’ले मात्र भरिएका छैनन्, ‘चुनाव जिताउने प्याकेज’ आशयका अनौठा सेवा र ‘एआई म्यासेजिङ’, ‘भोटर फनेल’ जस्ता नयाँ अवधारणका विज्ञापनसमेत देखिन थालेका छन् । उम्मेदवारको सम्पूर्ण डिजिटल प्रचार, प्रतिस्पर्धीका गतिविधिमाथि निगरानी र मतदाता प्रतिक्रियालाई ‘रियल–टाइम’मा व्यवस्थापन गर्ने ‘डिजिटल वार रुम’ शैलीका सेवा उपलब्ध गराउने गरी वेबसाइटहरू नै निर्माण भएका छन् ।