Redirecting...

मेची राजमार्ग खुल्न कम्तीमा चार दिन लाग्ने - nagariknews.nagariknetwork.com

मेची राजमार्ग खुल्न कम्तीमा चार दिन लाग्ने - nagariknews.nagariknetwork.com
Source: ngrk

लगातारको वर्षापछि अवरुद्ध बनेको मेची राजमार्ग खोल्न कम्तीमा चार दिन लाग्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गको माईखोलामा सडक सञ्चालनका लागि कम्तीमा चार दिन समय लाग्ने बताएको हो। झापासँगको सीमा क्षेत्र जोरकलशदेखि माईखोलासम्म सडक नबिग्रिए पनि बाढीले माईखोलामा बगाएको कारण यातायात सञ्‍चालनमा समय लाग्ने भएको हो। सडक पूर्णरुपमा अवरुद्ध नभए पनि बाटोमै पहिरो खसेको, पहिरोले बाटो बगाएकोलगायत कारण मर्मतमा समय लाग्ने बताउँदै मन्त्रालयले बिब्ल्याँटेमा सडक मर्मतको काम सुरु भएको जनाएको छ । साखेजुङमा पुवाखोलानजिकै सडक बगेको छ भने राक्सेदेखि सुकेटारसम्मको सडकमा खासै क्षति नभएको मन्त्रालयले उल्लेख गरेको छ ।