Redirecting...

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार - ehimalayatimes.com

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारको नाम अन्तिम रूप दिनुभएको हो। संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेस प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई उम्मेदवार बनाएको छ। त्यसैगरी बागमती प्रदेशबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा, गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन बिकलाई उम्मेदवार बनाइएको छ। कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयन भएका छन्।