Redirecting...

भन्सार विभाग र एजेन्टहरूबिचको समझदारीपछि ‘पेन डाउन’ आन्दोलन स्थगित - taksarnews.com

भन्सार विभाग र एजेन्टहरूबिचको समझदारीपछि ‘पेन डाउन’ आन्दोलन स्थगित - taksarnews.com
Source: tsar

काठमाडाैँ । भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पर्ने वातावरण बनेको भन्दै सुरू गरिएको ‘पेन डाउन’ आन्दोलन स्थगित गरिएको छ। भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबिच मंसिर २३ गतेदेखि सुरू भएको विरोध कार्यक्रमबारे आज भएको छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिइएको महासंघले जनाएको छ। महासंघका अनुसार उठाइएका मागहरू सम्बोधन गर्ने सहमति भएपछि देशभरका भन्सार कार्यालयमा जारी पेन डाउन कार्यक्रम आज (मंसिर २४) मध्यान्ह १२:१५ बजेदेखि प्रभावकारी रूपमा फिर्ता गरिएको हो। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ–सहयोग गर्ने उद्योग–व्यवसायी, विभिन्न संघ–संस्था तथा महासंघमा आवद्ध सबै भन्सार एजेन्टप्रति महासंघले आभार प्रकट गरेको छ। महासंघका अध्यक्ष प्राचिन कुमार चैबले जारी गरेको सूचनामा पेन डाउन स्थगनबारे जानकारी गराइएको छ।