Redirecting...

९ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’ - arthasarokar.com

९ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’ - arthasarokar.com
Source: aths

काठमाडौँ । सिन्धुलीस्थित नेपाल एसबिआई बैंक लुटमा संलग्न लुटेराहरुले प्रयोग गरेको गाडीका ड्राइभर पक्राउ परेका छन् । बैंकको सिन्धुलीस्थित घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा लुटमा प्रयोग भएको गाडीका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको हो । लुट प्रकरणमा संलग्न ड्राइभर पक्राउ परेसँगै प्रहरीले घटनाको अनुसन्धान सुक्ष्म ढंगबाट अघि बढाएको छ । यद्यपि उक्त प्रकरणमा संलग्न मुख्य व्यक्तिको हालसम्म पनि पहिचान हुन सकेको छैन । पक्राउ परेका ड्राइभरका अनुसार उक्त गाडी लुटेराहरुले केटी भगाउनका लागि भन्दै बुक गरेका थिए । हाल ड्राइभरसँगै बैंकका कर्मचारीलाई समेत राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले अर्थ सरोकारकर्मीलाई घटनाबारे बुँदागत रुपमा बुझाएका छन् । के-के भएको थियो ?१. ११–१२ जनाको समूह गाडी नै रिजर्भ गरेर बैंक लुट्न आएका थिए । ड्राइभरले दिएको प्रारम्भिक बयान अनुसार उनीहरु बनेपाबाट आएका थिए । २. ड्राइभरले केटी भगाएर ल्याउने भन्दै सो गाडी रिजर्भ गरेका थिए । ३. उनीहरुमध्ये सुरुमा ४ जना बैंक रहेको घरको पछाडीपट्टीको गेटबाट छिरी सुरुमा गार्डलाई आक्रमण गरेका थिए । रोक्न खोज्दा गार्डको हात नै काटिएको छ । त्यसपछि उनीहरुले अरु कर्मचारीलाई समातेर बाँधी, पेस्तोल देखाएर बैंकको चाबी मागेका थिए । बैंकका स्टाफहरु सोहि बैंक रहेकै घरमा बस्ने गरेका थिए । यो पनि:नेपाल एसबिआइ बैंक लुट प्रकरण: लुटेरालाई रोक्न खोज्दै थिए गार्ड कार्की, काटीदिए हात, यस्तो छ अवस्था (अपडेट) यो पनि:नेपाल एसबिआई बैंक लुट प्रकरण Update : बैंक मेनेजर भन्छन्- ‘अहिले सबै प्रहरीसँगै छौँ, कर्मचारी सुरक्षित छौँ’ ४. बैंक लुटेर लुटेराहरु भागेपछि कर्मचारीहरुले गुहार मागेका थिए । स्थानीयले थाहा पाएको सुइको पाएपछि लुटेराहरु सकेको पैसा बोकेर गाडी छोडेर भागेका थिए । गाडीमा उनीहरुले एक बोरा पैसा छोडेका छन् । ५. पैसासहित भागिरहेकाहरुलाई देखेपछि स्थानीयले ढुंगालेसमेत हानेका थिए । सो क्रममा उनीहरुले केहि बोरा पैसा जंगलमै छाडेका छन् । स्थानीयबासीको सहयोगमा सो रकम बटुलेर प्रहरीलाई बुझाईसकिएको छ । ६. हालसम्म लुटेराहरु पक्राउ परिसकेका छैनन् । प्रहरीले विशेष सर्च अपरेशन चलाईरहेको छ । जिल्लाबाट प्रहरीको थप टोली घटनास्थल पुगेको छ । यो पनि:अपडेट: बैंक लुटिएपछि प्रहरीले चलायो ‘सर्च अपरेशन’, २ बोरा पैसा जंगलमा फेला, लुटेरा अझै फरार (फोटो /भिडियो) ७. अहिले सबै कर्मचारीहरु प्रहरीसँगै छन् । उनीहरु सुरक्षित छन् । सुरक्षा गार्ड रुद्र कार्कीको प्राथमिक उपचार भईसकेको छ । उनी पनि आराम गरिरहेका छन् । ८. प्रहरीले अहिले घटनाबारे सवारीचालकसँग सोधपुछ गरिरहेको छ । ९. घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो राखेको छ भने बैंकले पाएको सूचना राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको छ । यो पनि:नेपाल एसबिआईबाट लुटिएको ३ करोड ११ लाख रुपैयाँमध्ये एक बोरा पैसा बरामद, ड्राइभर गाडीसहित पक्राउ, अरु फरार यो पनि:नेपाल एसबिआई बैंक लुट प्रकरण : रोक्न खोज्दा लुटेराले सुरक्षा गार्डको हातै काटिदिए, कार्मचारीलाई बाँधे (भिडियो) यो पनि:Breaking : नेपाल एसबिआई बैंक लुटियो, सुरक्षा गार्डको हात काटियो, कर्मचारीलाई बाँधेर पैसा डकैती ! (भिडियो रिपोर्ट)