Redirecting...

केही समयपछि देशको वागडोर रास्वपाले सम्हाल्छः स्वर्णिम वाग्ले - taksarnews.com

केही समयपछि देशको वागडोर रास्वपाले सम्हाल्छः स्वर्णिम वाग्ले - taksarnews.com
Source: tsar

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन् । चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन् । उन संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रिय हुनुपर्ने बताए । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेकाले घनिभुत ढंगबाट सबैले निर्वाचनको तयारी गर्नुपर्ने वाग्लेले काे भनाइ थियाे । “संघीय निर्वाचन घोषणा भइसकेकाले त्यसको तयारी पनि हामीले अब घनिभुत ढंगले गर्नुपर्नेछ । १ सय २० दिन भन्दा कम छ,” उनले भने, “त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनुछ । अबको केही समयपछि देशको कालखण्डको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।” उनले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकताहरुलाई निर्देशन दिए।