Redirecting...

एमाले महाधिवेशनः ओली र पोखरेलले भाेट हालेर सुरू भयाे मतदान - www.sutranews.com

एमाले महाधिवेशनः ओली र पोखरेलले भाेट हालेर सुरू भयाे मतदान - www.sutranews.com
Source: sutr

काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका छन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् । यसअघि मंगलबार साँझ मतदान गर्ने कार्यतालिका तयार गरिएकाे भएपनि प्राविधिक समस्याका कारण भन्दै बिहानलाई सारिएको थियो । विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुने जनाइएकाे छ। तर, मतदान गर्न एक जना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ। एमालेकाे नयाँ नेतृत्वका लागि ओली र पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । सँगै, दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।