साउदी अरेबियाविरुद्ध नेपालको कठिन जित, सुक्रिया मियाँको निर्णायक गोल - farakdhar.com
Source: FRDH
एएफसी महिला यू–२० एसियन कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा नेपालले साउदी अरबमाथि १–० को कठिन जित निकालेको हो । खेलको निर्णायक मोडमा सुक्रिया मियाँले गोल गर्दै नेपाललाई तीन अंक दिलाइन् । उनले ९० औँ मिनेटमा गोल गरेकी हुन् । अपेक्षाकृत कमजोर प्रतिस्पर्धी मानिएको साउदीविरुद्ध पनि नेपाल सहज देखिएको थिएन । त्यसैले यो जितभन्दा बढी चासोको विषय प्रदर्शन बनिरह्यो । पहिलो खेलमा भुटानसँग ...