Redirecting...

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच एकता, ७ बुँदे सहमति - www.pardafas.com

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच एकता, ७ बुँदे सहमति - www.pardafas.com
Source: pfds

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति भएको छ । बुधवार पेरिस डाँडामा आयोजित एक कार्यक्रमबीच सहमति सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र मातृभूमि जागरण अभियानका संयोजक भीम रावलबीच उक्त सम्झौता भएको छ । राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनुपर्ने चुनौती रहेको र देश र जनताको सर्वोपरि हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा आफूहरूसँग रहेको सम्झौतापत्रमा उल्लेख छ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालकाबीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्दै नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने उद्देश्यले सहमति भएको बताइएको छ । त्यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने समझदारी भएको छ । नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा.भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुङ्गो लगाउने, पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्ताबेजहरू आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुसरण गरिने बताइएको छ । सहमति पत्रमा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने समझदारी भएको छ ।