Redirecting...

केही पार्टीका जिम्मेवार नेताहरुले नै चुनाव हुँदैन भन्ने भ्रम छर्दैछन् : नेता निधि - ehimalayatimes.com

केही पार्टीका जिम्मेवार नेताहरुले नै चुनाव हुँदैन भन्ने  भ्रम छर्दैछन् : नेता निधि - ehimalayatimes.com
Source: hmlt

बारा । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभाको निर्वाचन नहुने भ्रम फैलाउने केही जिम्मेवार नेताहरूमाथि आरोप लगाउनुभएको छ। बाराको कलैया स्थित पार्टी कार्यालयमा आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले निर्वाचनको विकल्प अरु केही हुन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले संविधानको रक्षा र सुदृढीकरणका लागि ताजा जनादेश आवश्यक रहेको र त्यसका लागि फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण हुने बताउनुभयो। वर्तमान परिस्थितिमा काँग्रेसले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गर्दै निधिले आउँदो निर्वाचनमा नेपाली काँग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र निर्वाचनको पक्षमा लाग्न सबैलाई आग्रह गर्नुभयो। यसअघि आयोजित विस्तारित बैठकमा निधिले गाउँ–गाउँमा भ्रम चिर्न नेताहरूलाई निर्देशन दिनुभएको थियो। साथै, निर्वाचनलाई प्रभावित गर्ने कुनै गतिविधि नगर्न सरकारलाई अनुरोध गर्नुभयो। उहाँले पार्टी नियमित अधिवेशनमा लागि सकेको र विशेष महाधिवेशनको औचित्य समाप्त भएको पनि प्रष्ट पार्नुभयो। आउँदो महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको उल्लेख गर्दै निधिले पार्टीका नेतासँग छलफल जारी रहेको जानकारी दिनुभयो। विस्तारित बैठकमा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सहमहामन्त्री उमाकान्त चौधरी र फर्मुल्लाह मंसुर, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश यादव लगायतले पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो।