कविताः बूढो - sahityapost.com
बूढो कपाल सेत्तै फुलेकोस्वाँक्क‐सुँक्क गर्दैआँशू झारीउद्धार खोज्दैछउद्धार‐ कि जीवनबाटउद्धार‐ कि मृत्युबाट घर उसको चार भित्ते‐एक कोठेन झ्याल छन ढोकान छानोझ्याल उसको‐भित्ताका अनगन्ती प्वालछानो‐ आकाश अन्धकार धुलाम्य कोठामाबसेको छ बूढोजाडोमा थरथरी काँप्दैधुलोले कट्कटिएको‐कालो‐मैलो‐थोत्रो चादरमागुट्मुटिएको छ बूढोरातो रङमा नीलो घेराहालेको मखमलको चादरठूलेले ओढाएको‐हिजो जस्तो लाग्छमाया सहारा दिने सन्ततिकहिले इतिहास भए‐वर्तमानमा सोची भक्कानिन्छ बूढोकोही शान्तिका नाममाकोही क्रान्तिका नाममाकोही गुमनाम‐इतिहास भए छिमेकी दयालु छन् बूढोकाबेला‐बेलामा अन्न‐पानीछानोबाट फाली‐ पालेका छन् बूढोलाईभित्ता चढेर फाल्छन् क्यारईंट्टा कमजोर छन् घरकाहरबार, एक‐दुईवटा त झरी‐जान्छन्हरबार, बूढो सकी‐नसकी उठेरदयालु छिमेकीलाई हेर्न प्वालबाटचिहाउँछ‐ देख्छ एकातिर गोही,अर्कोतिर बाघ,स्याल‐हुँडार त झन्कति हुन् कति ! कहिलेकाहीँ आकाश हेर्छ बूढोकहिले‐जहाँ छानो हुने गर्थ्योत्यो सुनौलो छानो‐ बूढो सम्झन्छआफ्नै सन्ततिले टुक्रा‐टुक्रापारी लुछ्दै सिध्याउँदाभयानक तस्बिर, मानस‐पटलमाझल्झली झल्किन्छनिहुरिएर भुइँमा जमेकोधुलोको पत्र पन्छ्याउँदै, बूढो सम्झन्छ‐भयानक अतित,भुइँका राता टाटाले‐दाजु‐भाइ भिँड्दा खेरिकोत्यो दर्दनाक चीत्कारफेरि गुञ्जाउँछ, बूढो झस्कन्छ चन्द्र शिथिल छ बूढोको,निस्तेज छ सुर्यबूढो धुलो सास फेर्छधुलै सुस्केर्छ बूढो‐ बचाऊ !गर मेरो उद्धार,‐ कि जीवनबाट‐ कि मृत्युबाट ! हालः रिचमन्ड, भर्जिनिया, युएसए The post कविताः बूढो appeared first on साहित्यपोस्ट.