कविता : कुची - sahityapost.com
Source: shpt
आज अचानकचोटा–कोठाको भित्तामा टाँगिएकोजीर्ण क्यानभासको पुरानो तस्बिरउसै–उसै फिक्का–फिक्का देखेँ ।सायदअब नयाँ रङ फेर्नुपर्छसमय बदलिसक्यो । तर,नयाँ रङहरू…चाँपजस्तैसेताम्य फूलकी आमालाईवृद्धाश्रममा छाडेरकान्छा कुद्दै छ हतासिएरचाँपको सुगन्ध भुल्दैहातभरि रातो कागजी गुलाब लिएरउही प्यारी कान्छीलाई फकाउन ! म त मनलाई मान्ने मान्छे ।मौन मनले भन्योअब उस्तै छाडिदिऊँ पुराना तस्बिरसमाजले रङ फेरिसकेछ ।यताउता खोजेँती कुची पनि हराइसकेछन्अनि त मैलेतस्बिरहरू फिक्का–फिक्का नै राखेँ ।