माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै - www.pardafas.com
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । स्थायी कमिटी बैठकमा शनिबार बोलेका अधिकांश नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए । सचिव राम कार्कीले भने नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव प्रस्तुत गरेका थिए । उनले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने बताएका थिए ।