हिराबहादुर केसी एमालेबाट बागलुङ-१ का उम्मेदवार - nagariknews.nagariknetwork.com
Source: ngrk
नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ-१ बाट उम्मेदवार भएका छन्।पार्टीको शनिबार बसेको सचिवालय बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। पार्टीका जिल्ला अध्यक्ष केसी २०७० को संविधानसभा र २०७९ को प्रदेशतर्फ उम्मेदवार बनेका थिए।पार्टीको जिल्ला अध्यक्ष भएपछि बागलुङमा पार्टी संगठन विस्तारका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस क्रममा तत्कालीन नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १५ सयभन्दा बढी कार्यकर्ता एमालेमा केसीकै पहल प्रवेश गरेका थिए। एमाले पङ्क्तिमा केसीलाई बागलुङको हिरा र एमालेको मोती भनेर चिनिन्छ।