Redirecting...

आजकै दिन भत्काइएको थियो बर्लिनको पर्खाल - nagariknews.nagariknetwork.com

आजकै दिन भत्काइएको थियो बर्लिनको पर्खाल - nagariknews.nagariknetwork.com
Source: ngrk

आजको दिन अर्थात नोभेम्बर ९ विश्व इतिहासका पानाहरूमा उल्लेखनीय क्षणहरूको साक्षी बनेको दिन हो। राजनीतिक स्वतन्त्रता, विश्वयुद्धका परिणाम र मानव स्वतन्त्रताको प्रतीक बनेका घटनाहरूले यस दिनलाई विशेष बनाएको छ । सन् १८८७ मा अमेरिकाले पर्ल हार्बरमाथि अधिकार प्राप्त गरेको थियो भने आजकै दिन अमेरिकाले हवाई द्वीपसमूहको पर्ल हार्बर क्षेत्रमा आफ्नो अधिकार स्थापित गरेको थियो। त्यसपछि सन् १९४१ मा जापानले गरेको आकस्मिक आक्रमणका कारण दोस्रो विश्वयुद्धमा निर्णायक मोड आएको थियो। त्यसैगरि १९५३ नोभेम्बर ९ मा कम्बोडियाले फ्रान्सको उपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो। राजा नरोदम सिहानुकको नेतृत्वमा भएको शान्तिपूर्ण आन्दोलनले दशकौं लामो उपनिवेशको अन्त्य ग-यो। कम्बोडियामा यो दिन राष्ट्रिय उत्सवको रूपमा मनाइन्छ। आजकै दिन विश्व इतिहासमा जर्मनीको बर्लिन पर्खाललाई भत्काइएको थियो। जसले पूर्व र पश्चिम जर्मनीलाई २८ वर्षसम्म विभाजित गरेको थियो। अमेरिकी अभिनेत्री स्कटी थम्प्सनको जन्म आजकै दिन भएको थियो। टेलिभिजन सिरिज एनसीआइएस र फिल्म स्कायलाइनमा उनको अभिनयले उनलाई चर्चित बनाएको हो। एजेन्सी