Redirecting...

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसका सुनिल थापा कोशीबाट निर्विरोध निर्वाचित - ehimalayatimes.com

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसका सुनिल थापा कोशीबाट निर्विरोध निर्वाचित - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएकाे छ । कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिनुभयो। थापाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको थियो। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ। सो निर्वाचनका लागि कांग्रेस र एमालेबीच क्रमशः ९ र ८ सिटमा भागबण्डा भएको छ भने एक सिट जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट महन्थ ठाकुरलाई दिइएको छ।