Redirecting...

चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही - ehimalayatimes.com

चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही - ehimalayatimes.com
Source: hmlt

काठमाडाैं । चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९-०८० मा १० हजार ६ सय ७५, आ.व.०८०-०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१-०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताउनु भयो । सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिनुभयो । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उहाँले बताउनु भयो । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् । महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष ०७९-०८० मा १० हजार ६ सय ७५ दुर्घटना भएको छ । आ.व.०८०-०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१-०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको छ तर दुर्घटनाको संख्या घट्दो क्रममा छ । मृत्युदर ७.३४ प्रतिशत बढ्नु भनेको दुःखको कुरा हो । यसमा हामी सजग हुनुपर्छ । संवेदनशील हुनुपर्छ । यस आर्थिक वर्षको दुर्घटनाको विवरण हेर्दा पनि २ हजार ८८ वटा दुर्घटना भएको छ । जसमा ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने, त्यस्तै जथाभावी तरिकाले प्रयोग गर्ने देखिएको छ । यान्त्रिक गढबढीका कारण पनि दुर्घटना भएको छ । पुराना सवारी साधन व्यवस्थापन गर्न नसक्दा पनि दुर्घटना भएको छ । शुक्रवार र बुधवार बढी दुर्घटना भएको छ । माघ र फागुनमा बढी दुर्घटना भएको छ । दुर्घटना दुई पाङ्ग्रे सवारीसाधन बढी छन् ।’ उहाँले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौं उपत्यकासमित विभिन्न स्थानमा तिब्र गति न्युनिकरणमा लागेको बताउनु भयो । जेन-जी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको बताउनु भयो ।