साताकाे पुस्तक : आवाजका रेखाहरु - sahityapost.com
आवाजका रेखाहरु – ताराप्रसाद चापागाई कवि ताराप्रसाद चापागाईको टुक्का कवितासंग्रह हो ‘आवाजका रेखाहरु’ । चापागाईले दुई हरफको टुक्का कविता मार्फत समाजिक चेतना, विकृति प्रति खबरदारी गर्नुभएको छ ।साहित्यकार चापागाईका टुक्का कविताका थुप्रै संयुक्तसंग्रहहरु भए पनि आवाजका रेखाहरु मैले बुझेसम्म उहाँको दास्रो एकल टुक्का कवितासङ्ग्रह हो । यसअघि उहाँले ‘टुक्का’ दुई हरफका कवितासङ्ग्रहु (२०७८) नामक टुक्का कवितासङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ, जुन काव्यप्रिय पाठकहरूको मन मनमा बस्न सफल हुनुका साथै टुक्का कविता विधाकै पहिलो पुस्तकरत्न बन्न सफल भएको छ । सरल, मृदुभाषी चापागाईंका सृजनाहरू अत्यन्त सशक्त, सुन्दर, चोटिलो, बोधगम्य हुनुका साथै पाठकलाई पछिसम्म प्रभाव पार्ने खालका हुने गर्दछन् । जुन कुरा यस टुक्का कवितासङ्ग्रहले पनि पुष्टि गर्दछ । तसर्थ म यतिबेला यस कृतिको काव्य रसपान गरेर आफ्नो प्यास मेटाउनु हुन सबै महानुभावहरूमा आग्रह पनि गर्न चाहन्छु। पहिलो टुक्का कवितासङ्ग्रहझै यस सङ्ग्रह पनि सबैको मनमुटुमा बस्न सफल होओस् । साथै समाजमा विद्यमान विकृति, विसङ्गतिहरू हटाउने शस्त्र बनोस् ।” त्यसैगरी पुस्तकमा राजेन्द्र प्रधान ‘पासा’ लेख्नुहुन्छ, ”नेपाली साहित्यमा नयाँ-नयाँ प्रयोग र सिर्जनात्मक अभिव्यक्तिहरूले आफ्नो पहिचान बनाउँदै आएका छन् । तीमध्ये टुक्का कविताले उल्लेखनीय स्थान बनाएको छाटुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंको पहलमा स्थापित ‘टुक्का साहित्य समाज’ र यस विधाका निरन्तर अभ्यासले टुक्का कविता अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ। सन् २०२१ मा प्रकाशित ‘टुक्का’ र सन् २०२३ मा सम्पादित ‘ऐतिहासिक टुक्का यात्रा’ उहाँका प्रमुख कृतिहरू हुन् । यी कृतिहरूले चापागाईंलाई कुशल स्रष्टा र सम्पादकका रूपमा स्थापित गरेका छन् । उहाँले प्रस्तुत गरेको दोस्रो कृति ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रहले समाजमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको छ ।” पुस्तकलाई टुक्का साहित्य समाज नेपालले प्रकाशन गरेको हो । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ । The post साताकाे पुस्तक : आवाजका रेखाहरु appeared first on साहित्यपोस्ट.