‘पन्च’को फेसलिफ्ट मोडल तयार हुँदै, थपिँदै नयाँ फिचर - www.meroauto.com
काठमाडौं । सन् २०२१ अक्टोबरमा पहिलो पटक बजारमा आएको टाटा पन्चको फेसलिफ्ट मोडल आउने भएको छ । कम्पनीले सन् २०२६ को सुरुवात मै पन्चको फेसलिफ्ट बजारमा ल्याउन लागेको हो । टाटा पन्च फेसलिफ्ट मोडल भारतको केराला राज्यमा सडक परीक्षणको क्रममा देखिएको हो । परीक्षणको क्रममा देखिएको टाटा पन्चमा नयाँ लुक्स सहितको स्प्लीट हेडल्याम्प सेटअप दिएको देखिन्छ । साथै, यसमा भर्टिकल एलइडी ‘लो एण्ड हाइ बीम युनिट’ दिइएको छ । नयाँ पन्चमा होरिजेन्टल स्ल्याट्स सहितको ‘अपर एण्ड लोअर ग्रिल’, विल्कुलै नयाँ डिजाइनको फ्रन्ट बम्पर प्रयोग गरेको देखिन्छ । यसको बोनेटमा भने कुनै पनि परिवर्तन गरिएको छैन । टाटाले १६ इन्चको अलोय ह्वील दिएको माइक्रो एसयूभीमा पछाडि पनि नयाँ डिजाइनको बम्पर देखिन्छ । टाटा पन्चको इन्टेरियरमा इलुमिनेटेड लोगो सहितको नयाँ ‘टु स्पोकको फ्ल्याट बटम स्टेरिङ ह्वील’, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा, व्लाइण्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर थप्न लागेको छ । टाटा मोटर्सले नयाँ पन्चमा ८७ हर्सपावर र ११५ एनएम न्यूटन मिटर टर्क दिने १.२ लिटरको रेभोट्रोन थ्री सिलिण्डर पेट्रोल इन्जिनलाई निरन्तरता दिनेछ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स अप्सन रहनेछ । The post ‘पन्च’को फेसलिफ्ट मोडल तयार हुँदै, थपिँदै नयाँ फिचर appeared first on Meroauto.