कसरी चयन हुनेछ एमाले केन्द्रीय कमिटीको संरचना ? - farakdhar.com
Source: FRDH
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ । आज सुरु भएको बन्दसत्रमा पारित प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ । नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्, यसमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव ...