घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह - farakdhar.com
Source: FRDH
राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणा जन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सृजना गर्नसक्ने हुँदा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कसैले पनि नेपालको संविधान, कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवं मर्यादित ...