कविता : समाज भूपीको नोकर हो र ? - sahityapost.com
भाग -३ मैले हिजो मात्रसाझाको नयाँ व्यवस्थापनलाई भेटेर भनेँ“लेखनाथ बुढाकोकविता प्रकाशन गर्न बन्द गर्नुहोस्।” ती बुढाकवि हुन्किकुनै माफियाका सरदार ? किनकिजुन दिनदेखिसाझाले तिनका कविता छाप्न थाल्योत्यही दिनदेखिदेशमाअपराध बढ्योभ्रष्टाचार मौलायोअन्याय संस्थागत भयोअत्याचार सामान्य बन्योअसमानता नीति बन्योगरिबी नियति बन्योरकुशासनलेराज्यको भाषण लेख्न थाल्यो । नपत्याएतथ्याङ्क हेर्नुहोस्साझाले तिनका कविता छापेपछिदेशका सबै सूचकहरूअँध्यारोतिर मोडिएका छन् । मैले उनीहरूलाई भनेँ“बुढालेकविता लेखेरैदेशलाईआफ्नो कब्जामा लिएका छन्।” नेपाली कविहरूकिनिएका छन्कलमहरूभाडामा लगाइएका छन् । देश कब्जा गर्नेअभूतपूर्वगोप्य षड्यन्त्रअनुसारतिनलेकविता लेखेका हुन् । “राजनीति नगर्नु,”“चुनाव नलड्नु,”“सत्ता हातमा नलिनु,”बरु“कवि बनेरसमाज बदल्नेप्रतिबद्धता देखाउनु” यही मन्त्रसरदार बुढालेकविहरूलाईजपाएका हुन् । त्यही योजनाअनुसारआजसबथोकठिकै भइरहेको छजस्तो देखिन्छ । जुम्लादेखि जापानसम्मसञ्जाल फैलिएको छ । मल्ल र सङ्ग्रौलासल्लाहकार बनेका छन्देवकोटारणनीति कोर्छन्भूपीघोषणापत्र पढ्छन् । ती बुढालेमलाई त्यतिबेलै भनेका थिए“तपाईंहेर्दै जानुहोस्,कविता लेखेरम तपाईंको देशलाईकसरीआफ्नो बनाउँछु।” त्यही योजनाअनुसारऋषिदेखि बुढासम्मगान्धीजस्तो चस्मालगाइएको छ। “चुनाव लड्दिनँ,”“सत्ता आफ्नो हातमा लिन्नँ”भन्नेसबै कविहरूतिनकैलडाकुहरू हुन्। इन्टरपोलको आँखाबाटबच्न सरदारअहिले भूमिगत छन्। नपत्याए देशकोयो भयावह तथ्याङ्कहेर्नुहोस् बुढा भूमिगत भएदेखिअपराध बढेको बढ्यै छभ्रष्टाचार थाकेको छैनकुशासनसत्तामा आराम गरिरहेको छ। कविहरूलेप्रतिबद्ध भएरदेश बदल्नेकविताहरू लेखिरहेका छन्रत्यही अनुपातमागरिबीपुस्तौँ बढिरहेको छ। देशप्रेमलेओतप्रोत कविताहरूछापिएका छापिएकै छन्रमहिला–हिंसात्यसै गरीबढेको बढ्यै छ।