Redirecting...

रास्वपा विस्तारित बैठकको तयारी पुरा - nagariknews.nagariknetwork.com

रास्वपा विस्तारित बैठकको तयारी पुरा - nagariknews.nagariknetwork.com
Source: ngrk

चितवनमा शुक्रबारदेखि हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठकको तयारी पुरा भएको छ।दुई दिनसम्म सञ्चालन हुने विस्तारित बैठकको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।कात्तिक २२ गतेसम्म हुने विस्तारित बैठकमा पार्टीको भावी कार्ययोजना तथा निर्वाचन लगायतका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता मनिस झाले जानकारी दिए।उनका अनुसार कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक प्रस्तावना पेश गर्नेछन्।आगामी निर्वाचनमा उम्मेदवार चयन प्रक्रियाका विषयमा पनि छलफल हुने झाले बताए।बैठकमा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार सचिवालय, केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि, प्रदेश सचिवालय, जिल्ला सभापति, निर्वाचन क्षेत्रका प्रतिनिधि र अधिवेशन भएका पालिकाका सभापति गरेर ५१२ जनाको प्रतिनिधिको सहभागिता रहने छ।वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च बैठकले सहयोग पुग्ने सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए।उनले सरकारले तोकेको समयमा निर्वाचन हुन नसके देश ठुलो समस्यामा पर्ने भन्दै जसरी पनि निर्वाचन हुनुपर्ने बताए। पार्टीले बैठकबाट चितवन घोषणा पत्रसमेत जारी गर्नेछ।