Redirecting...

महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरूको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौः ईश्वर पोखरेल - taksarnews.com

महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरूको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौः ईश्वर पोखरेल - taksarnews.com
Source: tsar

नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भएपनि आफूहरू सधैं एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका उनले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरू सचेत रहेको समेत स्पष्ट पारेका हुन् । बुधवार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने समेत बताए । उनले महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भएपनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताए । वरिष्ठ नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको पनि बताए ।