Redirecting...

गीत : मह खाने रहरमा - sahityapost.com

गीत : मह खाने रहरमा - sahityapost.com
Source: shpt

महिला: मह खाने रहरमा मौरी नमार,गोही जस्तो बनिकन आँसु नझार।तिम्रो रूप, तिम्रो बानी पार्ने हैरानी,भित्र भित्र जलाएर पार्ने खरानी। पुरुष: फूललाई छुन भनिकन बोट रोपेको,तिम्रै नाम हत्केलामा छ नि खोपेको।तिम्रो रूप, तिम्रो बानी पार्ने हैरानी,भित्र भित्र जलाएर पार्ने खरानी। महिला: मेरै लागि आएको भए शर्म नमान,बसीबसी खाने आफ्नो कर्म नठान। पुरुष: आफ्नो कर्म गर्नलाई शर्म मान्दिनँ,अरूकाको फूललाई आफ्नो ठान्दिनँ। महिला: जन्मसँगै सबैले नि कर्म पनि ल्याउँछन् नि,पिरतीमा परेपछि सबै आफ्नो ठान्छन् नि। पुरुष: हेरिराख पिरतीको सागरको भित्र पसेपछि,देखूँदेखूँ भइरहन्छ माया पिरती बसेपछि। The post गीत : मह खाने रहरमा appeared first on साहित्यपोस्ट.