Redirecting...

बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएकाको शव निकालियो - nagariknews.nagariknetwork.com

बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएकाको शव निकालियो - nagariknews.nagariknetwork.com
Source: ngrk

बडीमालिका दर्शन गरेर फर्कँदा ज्यान गुमाएका व्यक्तिको शव निकालिएको छ। शुक्रबार दिउँसो साढे चार बजेतिर बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–९ बिस्नापानी भिरमा बडीमालिका मन्दिर दर्शनपछि फर्कने क्रममा खसेर मृत्यु भएका एक व्यक्तिको शव निकालिएको छ। सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–४ बस्ने ७५ वर्षीय डिल्लीराज घोरासैनीको शनिबार बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट गएको सुरक्षाफौज, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बाहिर निकालेको हो। भिरबाट करिब ३ सय मिटर तल खसेर उनको मृत्यु भएको हो।