नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज - www.onlinepana.com
चज नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहजदुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।सडक डिभिजनले अहिले अवस्था सामान्य भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।अवस्था सामान्य बनेसँगै नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्।‘बिहान ६ बजेबाट नारायणगढ–मुग्लिन सडकखण्ड कुनै अवरोध बिना सञ्चालन भएको छ । यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।जिल्लाका १४ स्थानमा विश्राम कक्ष रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । The post नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).