Redirecting...

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने - janatatimes.com

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २६। नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ । ‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । विभिन्न मिडियामा नेकपा एमालेले विधान संशोधन गर्छकि भन्ने समाचार पनि आएका थिए’ ज्ञवालीले भन्नुभयो, ‘तर, दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ ।’