बिर्तामोडका उपमेयर संग्रौलाको विवादास्पद टिप्पणी, पक्षविपक्षमा राजनीति दल - ehimalayatimes.com
झापा । झापाका एकजना जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको टिप्पणीले यतिबेला जिल्लाको राजनीति र प्रशासनिक क्षेत्रको ध्यान खिचेको छ । ती जनप्रतिनिधिको सो टिप्पणीले राजनीतिक र प्रशासनिक क्षेत्रको ध्यान खिचेपनि त्यसपछिका घटना क्रममाले भने भिन्न मोड लिएको छ । केही समय अघि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड –८ का वडाध्यक्ष अजय कार्की (जंग)लक्षित टिप्पणीले कार्यकक्षमै तनाव, पक्षविपक्षमा विज्ञप्ति,नगरपालिका परिसरमा नाराजुलुस र जिल्ला प्रहरी कार्यालय झापा समेत विवादमा तानिएको छ । यसले बिर्तामोड थप अशान्त हुने देखिएको छ । यसरी भएको विवादको बिजारोपण नगर उपप्रमुख संग्रौलाले ‘नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने , पुनः निर्वाचन लड्न अवसर दिने, सोही मुद्दामा परेका मानिस जेल बस्नुपर्ने , राष्ट्रद्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ’ भनेर फेसबुकमा कमेन्ट गर्नुभएको थियो । फेसबुकमा कार्की चिरन नाम राखेको व्यक्तिले बिर्तामोड नगरपालिकाको बोर्डको प्रथम बैठक भनी प्रसस्त फोटोहरु देखिरहेको छु । तर, बिर्तामोड नगरपालिका– ८ का एकजना पनि जनप्रतिनिधिहरु देखिनँ । कि बिर्तामोड ८ लाई खबर नै नभएको हो कि के हो ? कार्कीको यो कमेन्ट अरु कसैले गरेको पोष्टमा आएको थियो । जहाँ नगरपालिका प्रमुख पवित्रा प्रसाईं लगायतको फोटोसमेत पोष्ट गरिएको छ । कार्कीलाई मेन्सन गर्दै उपप्रमुख संग्रौला साउन १२ गते सोमबार उक्त रिप्लाई गरेपछि विवाद सुरु भएको हो । यो विषयले यतिबेला फरक मोड लिएको छ । उपमेयर संग्रौला सामाजिक सञ्जालमा मर्यादा विपरीतका कुरा लेख्ने विवादमा फसिरहने व्यक्ति हुनुहुन्छ । वडाध्यक्ष कार्की पक्षको आक्रोश उपप्रमुख संग्रौलाले फेसबुकमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै वडाध्यक्ष कार्की आफ्ना समर्थकसँग बुधवार उपप्रमुखको कार्यकक्षम पुग्नु भएको थियो । त्यसक्रममा दुबै पक्ष बीच भनाभन र घम्साघम्सी भएको थियोे । वडाध्यक्ष कार्की र उपप्रमुख संग्रौला बीच विषय किटेरै भनाभन भएपाछि स्थिति असामान्य उन्मुख भएको थियोे । लगत्तै प्रहरी र नगर प्रहरी कार्यकक्षमा नै प्रवेश गरेर स्थिति नियन्त्रणमा लिएको थियोे । एकअर्काप्रति दोषारोपण गर्दै गाली गलौज र मुख छाडाछाड भएपछि बल प्रयोग गर्नु पर्ने अवस्था आएको थियोे। प्रहरीले तत्कालै स्थिति शान्त पर्ने कोसिस गरेपछि कार्की पक्ष आक्रोशित हुँदै बाहिरिएको थियोे । प्रहरीले लिएन उजुरीकार्की पक्ष बिहीबार संग्रौला विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेको थियोे । झापाका एसपी राजन लिम्बुलाई फोन गरेर जिल्ला प्रहरी पुगेको टोलीलाई एसपी लिम्बु भेट नै दिनु भएन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष विजयी कार्की आफ्ना समर्थकसहित जिल्ला प्रहरी कार्यालय पुग्नु भएको थियोे । ५०,६० जनाको संख्यामा जिल्ला प्रहरी कार्यालय पुगेको सो टोलीलाई एसपी लिम्बुले भेटनै नदिएको र निवेदन पनि नलिई प्रहरीले फर्काइ दिएपछि कार्की पक्ष थप बिच्किएको हो । यो जनप्रतिनिधिको र राजनीतिक विषय हो, तपाईंहरु उतै मिल्नुस् भन्दै डिएसपी खगेन्द्र खड्काले फर्काइ दिनुभयो । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका बिर्तामोड अध्यक्ष लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, ‘हामी एसपीलाई सूचना गरेर गएका थियौं, उहाँले भेट नै दिनुभएन, डिएसपी साबले ठाडो उजुरी दिनुस्, त्यसकै आधारमा अनुसन्धान गर्छौं भनेर फर्काउनु भयो ।’ उपप्रमुख संग्रौलाले विद्युतीय अपराध गरेको दाबी सहितको कार्कीको दुई पृष्ठ लामो जाहेरी प्रहरीले नलिएपछि कार्की पक्ष फर्किएको हो । कार्की पक्षले प्रहरीप्रति असन्तुष्टि व्यक्त गर्दै सत्ताको आडमा उजुरी नलिएको दाबी गरेको छ । कार्यपालिकाको बैठक बुधबारको घटनालाई लिएर बिहीबार बिर्तामोड नगरपालिका कार्यपालिकाको बैठक बस्यो । बैठकले अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णतस् बन्द गर्न सबै जनप्रतिनिधिलाई सचेत गराएको छ । उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीका विरुद्धमा सामाजिक संजालमा लेखेको टिप्पणीलाई लिएर गरपालिकामा अप्रिय घटना भएपछि बसेको कार्यपालिकाको बैठकले सम्पूर्ण जनप्रतिनिधिहरुलाई सचेत नै गराएको हो । बैठकले आफ्नो मर्यादा रहन र मर्यादा कायम गर्न र आचारसहिंता पूर्णरुपमा पालना गर्न भनेको छ । बैठकले उपप्रमुख संग्रौलामाथि गालीगलौज, अभद्र व्यवहार गर्दै जनप्रतिनिधिले नै हुलहुज्जत गर्दा नगरपालिकाको गरिमा घटेको निष्कर्ष निकालेको छ । उक्त विवादलाई अन्त्य गरी मेलमिलाप गराउन बसेको कार्यपालिकाको सो बैठकमा वडाध्यक्ष कार्की अनुपस्थित रहनु भएको थियो । वक्तव्यबाजीमा दलहरूविवादलाई निरुपण गर्नुको साटो राजनीतिक दलहरु पक्ष विपक्षमा विभक्त भएर वक्तव्यबाजीमा ओर्किएका छन्। एमालेलेबाट निर्वाचित उपप्रमुख संग्रौलाको बचाउ गर्दै एमले नगर कमिटीले बिहीबार विज्ञप्ति निकाएर वक्तव्यबाजीको शृङ्खला सुरु गरेको हो । एमालेले वडाध्यक्ष कार्कीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । एमाले नगर अध्यक्ष सुवास भट्टराईले कार्कीले हुलहुज्जत र उपप्रमुखलाई कार्यकक्षमा नै आक्रमण प्रयास गरेको भन्दै कारबाहीको माग गर्नु भएको हो। कार्कीआवद्ध राप्रपासहित नेकपा माओवादी केन्द्रले चाहिँ उपप्रमुख संग्रौलालाई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।माओवादी नगर अध्यक्ष मोहन सुब्बा र राप्रपा नगर अध्यक्ष लक्ष्मीप्रसाद गौतमले निकालेको विज्ञप्तिमा उपप्रमुख संग्रौलाले सार्वजनिक पदको गरिमा विपरीत निन्दनीय र खेदजनक कार्य गरेको उल्लेख छ । संग्रौलाले अशिष्ट, असभ्य हर्कत गरेको र निराधार आरोप लगाएकोले कारबाही हुनु पर्ने माग विज्ञप्तिमा गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्तिमा सही नगरेपनि सो पार्टी कार्कीको पक्षमा उभिएको छ । कार्कीलाई नेकपा एकीकृत समाजवादीको समेत साथ छ । ती दुबै पार्टीले विज्ञप्तिमा हस्ताक्षर नगरेपनि संग्रौलालाई कारबाही हुनु पर्ने पक्षमा ती दल उभिएका छन् । बिहीबारको कार्यपालिकाको बैठक पछि निकालिएको विज्ञप्तिमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु रोहित प्रसाईं, सूर्यप्रसाद कन्दङ्वा र दुर्योधन गुरुङले हस्ताक्षर गर्नु भएको छ । यसले कांग्रेस उपप्रमुख संग्रौलाको पक्षमा उभिएको संकेत गर्छ । तथापि, पार्टी भने खुलेको छैन। विरोध प्रदर्शनउपप्रमुख संग्रौला विरुद्ध उभिएका राजनीति दलले शुक्रबार नगरपालिकामा प्रदर्शन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कार्वाहीको मागसहित नगरपालिका कार्यालय अगाडि नाराजुलुस गरेका छन् । प्रहरीले उनीहरुलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएन । भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर ती दलले नाराजुलुस र कोणसभा गरेका हुन् । स्थानीय नवदुर्गा मन्दिर परिसरबाट मा राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मीप्रसाद गौतम नेतृत्वको विरोध र्याली नगरपालिका परिसरमा पुगेर नाराबाजी गर्दै धर्नामा परिणत भएको थियो । र्यालीका सहभागीले सामाजिक संजालको दुरुपयोग बन्द गर ,बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर ,अराजक उपमेयर मुर्दावाद ,सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर ’ जस्ता नारा लगाएका थिए । यो पनि पढ्नुहोस्काठमाडौं–तराई द्रूतमार्गको कामले गति लियो (फोटोफिचर)