महाधिवेशनपछि एमाले झन् बलियो भएर उभिने योगेश भट्टराईको दावी - kendrabindu.com
Source: kend
काठमाडौँ । नेकपा (एमाले)का निवर्तमान सचिव योगेश भट्टराईले महाधिवेशनपछि पार्टी अझ बलियो, एकताबद्ध र सक्रिय हुने दाबी गरेका छन्। मतगणनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव पदका उम्मेदवार भट्टराईले महाधिवेशनपछि एमाले झन बलियो भएर उभिने बताएका हुन् । भट्टराईले भने, “महाधिवेशन हलमा हामी कसरी मिलेका छौँ देख्नुभयो नि? चुनावको परिणाम आएपछि अझ बढी मिलेर उभिएको देख्नुहुनेछ,एमाले कार्यकर्ताले जोगाएको पार्टी हो, महाधिवेशनपछि फुट्छ भन्ने प्रश्न नै खारेज गर्छौं। यस्तै भट्टराईले पार्टी अझै सशक्त बनेर सवै चुनौतीहरूको सामना गर्ने भन्दै महाधिवेशनपछि रणनीतिक रुपमा सक्रिय हुने बताए ।