Redirecting...

कतारमाथि नेपालको सहज जित - www.hamrokhelkud.com

कतारमाथि नेपालको सहज जित - www.hamrokhelkud.com
Source: hkhe

ओमान (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा ईएपी छनोटको वार्मअप खेलमा कतारलाई १६ रनले पराजित गरेकोछ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टर्फ-२ मा जित्नलाई १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कतारका मोहम्मद तनबिरले ३७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए । मिर्जा मोहम्मद बेगले २७ बलमा ४ छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करणले केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले १-१ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चेर विकेटविहीन बन्दा नेपालले आज सोमपाल कामीलाई विश्राम दिएको थियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाए । कुशल मल्ल २९ बलमा १ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहँदा ओपनर आसिफ शेख ११, रोहित पौडेल ८, सन्दीप जोरा १, लोकेश बम २ र आरिफ शेख १३ रनमा आउट भए । कतारका शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले २-२ विकेट लिए । नेपालले बुधबार कुवेतसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपालको समूह बी मा कुवेत र जापान छन् । तीन समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अन्य समूहबाट आएका चार टोलीबाट खेलेपछि शीर्ष तीन टोली २०२६ मा भारत र श्रीलंकामा हुने टी२० विश्वकप खेल्न पाउनेछन् ।The post कतारमाथि नेपालको सहज जित first appeared on हाम्रो खेलकुद.