Redirecting...

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध - www.pardafas.com

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध - www.pardafas.com
Source: pfds

निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ। यस्तै कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध छ।