Redirecting...

भारतीय राजदूत श्रीवास्तवकाे अवस्था सामान्य : भारतीय राजदूतावास - www.pardafas.com

भारतीय राजदूत श्रीवास्तवकाे अवस्था सामान्य : भारतीय राजदूतावास - www.pardafas.com
Source: pfds

काठमाडौंको चम्पादेवी हाइकिङ गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकाे स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल ल्याईएकाे छ। हाल उनकाे अवस्था सामान्य रहेकाे काठमाडाैंस्थित भारतीय राजदूतावासले जनाएकाे छ। भारतीय राजदूतावासका अनुसार हाइकिङ गएका बेला उनलाई श्वासप्रश्वासमा समस्या भएकाे हाे। उनलाई तत्काल हेलिकोप्टरमार्फत् काठमाडौंको एक अस्पतालमा ल्याएर उपचार गरिएकाे छ। विशेषज्ञ चिकित्सककाे टाेलीले उनकाे उपचार गरिरहेकाे दूतावासले जनाएकाे छ। राजदूतावासले राजदूत श्रीवास्तव खरतामुक्त रहेकाे र चिन्ताकाे विषय नभएकाे जनाएकाे छ।