दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी - corporatekhabar.com
काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको जारी टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको केवल ११७ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले ३५ रन बनाएका थिए भने शुभमन गिलले २८, तिलक बर्माले २६ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले सर्बाधिक ६१ रन बनाए भने डोनोभान फेरेइराले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदिप सिंह, हर्षित राना, वरुण चक्रवर्ती र कुलदीप यादवले २(२ विकेट लिएका थिए । यो जितपछि भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल बुधबार लखनउमा हुने तालिका रहेको छ । The post दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.