मनाङ प्रदेशसभाको उपचुनाव स्थगित - corporatekhabar.com
काठमाडौं । अगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ । आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि मनाङ प्रदेशसभाको उपचुनाव स्थगित गर्ने समझदारी भएको हो । चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने बताएका छन । उप निर्वाचन प्रयोजनका लागि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेनजीको आन्दोलनपछि सृजना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको भण्डारीले बताए । प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ । The post मनाङ प्रदेशसभाको उपचुनाव स्थगित appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.