भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने - corporatekhabar.com
काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने तथा जानकारी दिने व्यतिलाई ५ करोड डलर पुरस्कार दिने बताएका छन । अमेरिकाले यो पुरस्कारलाई दोब्बर गरी ५ करोड डलर पुर्याएको छ । यस अघि यो साढे २ करोड डलर रहेको थियो । अमेरिकी प्रशासनले मादुरोलाई ’विश्वको सबैभन्दा ठूलो लागूपदार्थ तस्करहरू मध्ये एक’ भएको आरोप समेत लगाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको साढे २ करोड डलरको पुरस्कार अब दोब्बर गरिएको बताएका छन ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो लागूपदार्थ तस्करीमा प्रत्यक्ष रूपमा संलग्न छन् । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ’अर्थहीन’ र राजनीतिक प्रचार भनेर वर्णन गरेका छन्। The post भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.