Redirecting...

कविता : काकाले नमागेको सुझाव - sahityapost.com

कविता : काकाले नमागेको सुझाव - sahityapost.com
Source: shpt

तपाईँको जन्मबारे केही जान्दिनँ काकातर जान्दछु तपाईँ हुर्किएका पाखा र पखेराहरूतपाईँ गाउँबेँसी गरुन्जेल बाटोको दायाँबायाँतपाईँलाई झस्काइरहने काला ढुङ्गाहरू । यसै भन्न सक्दिनँ कसले सिकायो तपाईँलाईमार्क्सवादका वर्ग–सङ्घर्षहरू र समाजवादका चरहरूयो पनि भन्न सक्दिनँ तपाईँ किन, कसरी र कहिलेबाटयति एकोहोरो राजनीतिक प्राणी बन्नुभो ? म आफैँ अन्योलमा छु, उत्तर खोजिरहेको छुयो उमेरमा अब आत्ममूल्याङ्कन गर्नुहोला कि नहोलाअर्काका कुरा सुन्नुहोला कि नहोला, तर मलाई भन्न मन छजगतका केही पाठहरू पाकेको उमेरले पनि सिकाउँदैन काका ! पार्टी एउटा साधन हो काका, साध्य होइनपार्टी एउटा विचार हो काका, सम्बन्ध होइनपार्टी एउटा जीवन हो काका, जड होइनपार्टी एउटा कर्म हो काका, नाम होइन । हात–हातमा प्राप्त हुने सूचनाको बाढीले तभित्रैदेखि बिगारेछ काका तपाईँलाई !अहिलेको समय निकै फरक छ काकाखलेगर्होमा आमसभा गरेजस्तो होइन । गुण र सहानुभूति नखोज्नुहोला काका,किनकि राजनीति एउटा निर्मम परीक्षण होलगानीका हिसाबकिताब पनि नखोज्नुहोलाकिनकि राजनीति समताको लेखाजोखा हो । आजभोलि मुद्दा र सूचनाभन्दा धेरै अफवाहहरू हुन्छन्हरेकमा बोलिहाल्न र लेखिहाल्न पर्दैन काकाबोल्नभन्दा नबोल्न धेरै ठूलो क्षमता चाहिन्छरिसाउनभन्दा नरिसाउन धेरै ठूलो शक्ति चाहिन्छ काका ! एकोहोरो हुँदा तपाईँको पार्टी र राजनीतिलाई मात्र होइनस्वयम् तपाईँलाई पनि घाटा छ काका, विचार सङ्कुचित बन्छक्षितिज खुम्चिन्छ, राजनीतिक बन्न समालोचनात्मक चेत चाहिन्छ काका । अलिकति समयलाई पनि बुझ्नुहोस् काकायो समयले केही न केही क्षमताको खोजी गर्छराति निद्रा नलागेको बेलामा यसो सोच्नुस् त काकातपाईँको व्यक्तित्व, विज्ञता र क्षमता के हो ? अगाडि पर्दाको प्रशंसा सफलता होइन काकाछोराछोरीको भए पनि आदर्श व्यक्ति बन्न सक्नुपर्छअरूलाई ढाँटे पनि आत्मालाई ढाँट्नुहुँदैन काकाआलोचनालाई पनि पुँजी मान्न सक्नुपर्छ। असल मानिसहरू प्रतिक्रियात्मक हुँदैनन् काकासाझा मुद्दामा ईर्ष्या, कुण्ठा र स्वार्थ पालेर बस्दैनन्भाउ खोज्दै हिँड्दैनन्, आफ्नो मूल्य सिर्जना गर्दछन्अनियन्त्रित भावना पोखेर आफ्नै कमजोरी देखाउँदैनन् काका !