मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ? - www.pardafas.com
Source: pfds
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् । चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का संस्थापक हुन् । श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।