Redirecting...

कुन–कुन दलले बुझाए घोषणापत्र ? - bishwokhabar.com

कुन–कुन दलले बुझाए घोषणापत्र ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– निर्वाचन आयोगले हालसम्म तीन राजनीतिक दलबाट मात्र आगामी चुनावका लागि घोषणापत्र प्राप्त गरेको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार, प्राप्त घोषणापत्र तीन दलका हुन् । आयोगमा घोषणापत्र बुझाउने दलमा राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी रहेका छन् । पार्टीहरूलाई फागुन ३ भित्र आफ्नो चुनावी घोषणापत्र आयोगमा पेश गर्न निर्देशन दिइएको छ । सोही दिन प्रत्येक उम्मेदवारले पनि आफ्नो घोषणापत्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचन आचारसंहिताले घोषणापत्र पेश गर्ने अनिवार्य नियम तोकेको छ ।