Redirecting...

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : सभापति देउवा - ehimalayatimes.com

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : सभापति देउवा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गर्नुभयो । उहाँले समावेशी संविधानका बाबजुत कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताउनु भयो । उहाँले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताउनु भयो । तर सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन पनि सकिने बताउनु भयो । सभापति देउवाले भन्नुभयो, ‘यो देशका सबैलाई जोड्ने किसिमको संविधान छ । यसमा महिलाहरु, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व राखेको छ । हाम्रो देशमा समावेशी लोकतन्त्र भन्दा हुन्छ । यस्तो राम्रो व्यवस्था छ । एउटा समस्या छ । समस्या के हो भने यो संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ । कुनैपनि पार्टीको स्पष्ट बहुमत आउँदैन । तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ । सबै मिलेर हामी हिँड्यौँ भने हाम्रो देश अघि बढ्न सक्छ । समावेशितामा आधारित सबैको देशको रुपमा स्थापित भएको छ ।’ सभापति देउवाले नेपालका थारु समुदायहरु जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको बताउनु भयो । सभापति देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयाे । उहाँले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताउनु भयो । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताउनु भयो । जातिय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताउनु भयो । सभापति देउवाले भन्नुभयो, ‘हामी सबै मिलेर पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता महशुस गरेका छौँ । नेपाल विविधताले भरिएको देश हो । जहाँ सबै जातजाति भाषा सबैको उच्च सम्मान गरिनुपर्छ । जातको आधारमा होइन, समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक छ । नेतृत्व पनि यस्तो हुनुपर्दछ । जसले सबैलाई साथमा लिएर अघि बढ्न सकोस् । जातिय संकीर्णताले समाज परिवर्तन गर्न सक्दैन । देशलाई अघि बढाउन सक्दैन । यो देश सबैको हो । सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्दछ ।’ सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताउनु भयो ।