Redirecting...

एमालेको बन्दसत्र सुरू - corporatekhabar.com

एमालेको बन्दसत्र सुरू - corporatekhabar.com
Source: cork

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र थालिएको हो । बन्दसत्रको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् । केही नेताले बोलिसकेपछि चुनावी प्रक्रिया अघि बढाइनेछ । पार्टी अध्यक्षमा योपटक ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धाको तयारी गरेका छन् । बन्द सत्र शुरु हुनासाथ अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । एमालेले नयाँ नेतृत्व चयन गरेर भोली सोमबार महाधिवेशन सम्पन्न गर्ने तालिका रहेको छ । The post एमालेको बन्दसत्र सुरू appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.