Redirecting...

फक्सवागनले कार उत्पादन बन्द गर्दै प्रतिष्ठित ड्रेसडेन कारखानालाई एक नवप्रवर्तन केन्द्रमा रूपान्तरण गर्ने - www.technologykhabar.com

फक्सवागनले कार उत्पादन बन्द गर्दै प्रतिष्ठित ड्रेसडेन कारखानालाई एक नवप्रवर्तन केन्द्रमा रूपान्तरण गर्ने - www.technologykhabar.com
Source: tckb

पूर्वी जर्मन शहर ड्रेसडेनमा रहेको फक्सवागनको प्रतिष्ठित “ट्रान्सप्यारेण्ट फ्याक्ट्रि” (पारदर्शी कारखाना) लाई एक नवप्रवर्तन क्याम्पसमा रूपान्तरण गरिने भएको छ। “ट्रान्सप्यारेण्ट फ्याक्ट्रि” को पर्खालहरू लगभग पूर्ण रूपमा सिसाले बनेको ठाउँमा अब सवारी साधन उत्पादन समाप्त गरिने भएको छ। उक्त कारखानामा अब आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, माइक्रोइलेक्ट्रोनिक्स र चिप डिजाइन सहित विभिन्न प्रविधिहरूको लागि केन्द्रको योजना बनाइरहेको फक्सवागनले बिहीबार बताएको छ भने शहरको टेक्निकल युनिभर्सिटी (टीयू) ले कारखानाको आधा ठाउँ प्रयोग गर्ने तयारी गरेको छ। फक्सवागन र टीयूले आगामी सात वर्षमा ५ करोड युरो (४५८ मिलियन) भन्दा बढी लगानी गर्ने विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ। “हामीले २० वर्ष भन्दा बढी समय पछि ट्रान्सप्यारेण्ट फ्याक्ट्रिमा सवारी साधन उत्पादन बन्द गर्ने निर्णयलाई हल्का रूपमा लिएका छैनौँ” फक्सवागन प्यासेन्जर कारका सीईओ थोमस शेफरले भने। “तर व्यापारिक दृष्टिकोणबाट यो तुरुन्तै आवश्यक थियो” उनले थपे।त्यसैगरी भविष्यको लागि दिगो अवधारणामा समझदारी पत्रमा पक्षहरू सहमत भएको शेफरले भने। आईडी.३ इलेक्ट्रिक कारको सिरिज उत्पादन डिसेम्बरको मध्यमा कारखानामा समाप्त हुनेछ भने २३० कामदारहरूले ड्रेस्डेनमा आफ्नो जागिर कायम राख्नेदै वैकल्पिक रोजगारी प्रदान गरिने वा अन्य व्यवस्था गरिने बताइएको छ। सुरुमा २०१६ सम्म लक्जरी फेटन मोडेल उत्पादन गरेको ट्रान्सप्यारेण्ट फ्याक्ट्रिले त्यसपछि ई–गोल्फको उत्पादन सुरु गरेको थियो। २०२६ को जनवरीबाट रूपान्तरण सुरु गरिने बताइएको भए तापनि नयाँ कारहरूको लागि वितरण बिन्दुको रूपमा जारी रहने टेलिग्राफले रिपोर्ट गरेको छ। The post फक्सवागनले कार उत्पादन बन्द गर्दै प्रतिष्ठित ड्रेसडेन कारखानालाई एक नवप्रवर्तन केन्द्रमा रूपान्तरण गर्ने appeared first on Technology Khabar.